भारतसँग नयाँ ढंगको सहकार्य र स्पष्ट दृष्टिकोणको खोजीमा छौँ : रास्वपा सभापति लामिछाने

मकाउ, २१ जेठ ! सत्तरुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन स्पष्ट दृष्टिकोण र नयाँ ढंगको सहकार्यको सम्भावना खोजी गर्न आफू भारत भ्रमणमा आएको बताउनुभएको छ।
पाँच दिने औपचारिक भारत भ्रमणको चौथो दिन आज नयाँ दिल्लीमा प्रवासी नेपाली समुदायद्वारा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले उक्त कुरा बताउनुभएको हो। उहाँले विगतमा के भयो वा के भएन भन्ने कुरामा अल्झिनुभन्दा पनि अबका दिनमा दुई देशबीच पारस्परिक हित, विश्वास र आधुनिक सोचका साथ नयाँ ढंगले सहकार्य अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो। भारत भ्रमणका क्रममा आफूलाई प्राप्त भएको स्वागत र सम्मान व्यक्तिगत नभई सम्पूर्ण नेपाली नागरिक र नेपाल राष्ट्रकै सम्मान भएको उहाँको भनाइ थियो।

नेप्से दोहोरो अंकले बढेर २,७७७.५८ विन्दुमा

काठमाडौं, जेठ १९, २०८३  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार दोहोरो अंकले बढेर २,७७७.५८ विन्दुमा बन्द भएको छ। बजार २२.२१ अंक (०.८० प्रतिशत)ले उकालो लाग्दै अघिल्लो कारोबार दिनको २६.७२ अंकको गिरावटको केही अंश पूर्ति गरेको छ। कारोबार सुरु भएको केही समयमै सेन्सेटिभ इन्डेक्स २,७५८.०८ विन्दुबाट खुलेको थियो। दिनभरमा यो २,७७७.५८ को उच्च र २,७४५.६६ को न्यून विन्दुमा पुगेको थियो। अन्ततः बजार उच्च विन्दुमै बन्द भयो। दिनको कुल कारोबार रकम रू. ५.२६ अर्ब रह्यो। ३४६ कम्पनीको १,१३,८५,१०० कित्ता शेयर ६१,५२७ पटक खरिदबिक्री भएको छ। बजार पुँजीकरण रू. ४७.३९ खर्ब रहेको छ भने फ्लोट पुँजीकरण रू. १५.८५ खर्ब छ।

मकाउमा पहिलो ग्रान्ड भलिबल प्रतियोगिता सम्पन्न, एनभीए मकाउ-ए विजयी

मकाउ, १९ जेठ ,  प्रवासमा रहेका नेपाली श्रमजीवी तथा खेलप्रेमी समुदायलाई खेलकुदका माध्यमबाट एकाकार गर्ने उद्देश्यका साथ मकाउमा पहिलो पटक आयोजित ‘पहिलो मकाउ ग्रान्ड भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम २०२६’ भव्यताका साथ सम्पन्न भएको छ । नेपालको राष्ट्रिय खेल भलिबल दिवसको पावन अवसर पारेर नेपाल भलिबल संघ मकाउको मुख्य आयोजना तथा कारिटास मकाउ वेलआन्सर सेन्टर (Caritas Macau WelAnser Centre) को सह-आयोजनामा उक्त वृहत् खेलकुद तथा सांस्कृतिक उत्सव आयोजना गरिएको हो ।

"बरमुडाको तल लुकेको 'गोप्य हतियार': जसले टापुलाई कहिल्यै डुब्न दिएन!" - वैज्ञानिकहरूले बरमुडा रहस्यको समाधान

 बरमुडा, वैज्ञानिकहरूले बरमुडा रहस्यको समाधान पत्ता लगाए, महासागरभित्र लुकेको संरचना पहिचान गरेपछि
महासागरको बीचमा रहेको एउटा सानो ज्वालामुखीय टापु किन समुद्री सतहभन्दा माथि रहिरहेको छ भन्ने कारण वैज्ञानिकहरूले पत्ता लगाएका छन्। वाशिङ्गटनको कार्नेगी इन्स्टिच्युसन र येल विश्वविद्यालयको एउटा टोलीका अनुसार, बरमुडामुनि एउटा लुकेको संरचना त्यस क्षेत्रको अन्तिम ज्वालामुखी विस्फोटपछि बनेको थियो, जसले प्रागैतिहासिक कालदेखि नै त्यस टापुलाई समुद्रको सतहभन्दा माथि रहन मद्दत गर्दै आएको छ। बरमुडा उत्तरी एट्लान्टिक महासागरमा रहेको सानो टापु समूह हो। यहाँ करिब ६४,००० मानिस बसोबास गर्छन्। यो लोकप्रिय पर्यटकीय स्थल किन समुद्री सतहभन्दा माथि रहिरहेको छ भन्ने कारणले लामो समयदेखि वैज्ञानिकहरूलाई हैरानीमा पार्दै आएको थियो। यस्ता टापुहरू सामान्यतया समुद्रमा तैरिरहनका लागि ज्वालामुखीको तापको नियमित आवश्यकता पर्छ। तर, मेलको रिपोर्टअनुसार, टोलीले सो टापुको साधारण महासागरीय क्रस्टको ठीक तल एउटा अतिरिक्त लुकेको चट्टानको तह फेला पारेको छ। करिब १२ माइल बाक्लो त्यो तह वरपरको चट्टानभन्दा हल्का छ, जसले गर्दा त्यो तैरिरहन्छ र सम्पूर्ण क्षेत्रलाई माथि उठाएको अवस्थामा राख्छ।

UFC को यात्रामा 'बझाङको बाघ': मकाउमा रबिन्द्र ढाँटले रच्दै छन् इतिहास

मकाउ २४,  नेपाली मिक्स मार्शल आर्ट्स (MMA) का प्रशंसकहरूका लागि आगामी मे २८ एउटा ऐतिहासिक दिन बन्दै छ। 'बझाङको बाघ' उपनामले चिनिने नेपाली फाइटर रबिन्द्र ढाँटले मकाउको प्रतिष्ठित ग्यालेक्सी एरेनामा आयोजना हुने 'रोड टु युएफसी' (Road to UFC) सिजन ५ मा नेपालको तर्फबाट पहिलो पटक पाइला टेक्दै छन्।
बान्टमवेट विधा (१३५ पाउन्ड) को यस ओपनिङ राउन्डमा रबिन्द्रले फिलिपिन्सका खतरनाक फाइटर kimbert alintozon (उपनाम: 'The Hunter') को सामना गर्नेछन्।

नेपालले घरेलु मैदानमा सिरिजको सुखद अन्त्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको घरेलु सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकामाथि १२२ रनको शानदार जित दर्ता गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रनको विशाल योगफल तयार पारेको थियो। ३१८ रनको बलियो लक्ष्य पछ्याएको अमेरिका ४१ ओभर २ बलमा मात्र १९५ रनमा समेटिएपछि नेपालले ऐतिहासिक जित निकालेको हो।


नेप्से परिसूचकमा १२.३६ अंकको गिरावट, करिब ३ अर्ब ८९ करोडको कारोबार

काठमाडौँ: धितोपत्र बजारमा आज सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज परिसूचक १२.३६ अंकले घटेर ,७४२.११ को बिन्दुमा सीमित भएको छ। यो अघिल्लो दिनको तुलनामा ०.४४ प्रतिशतको गिरावट हो।

आज बजारमा कुल ३४८ कम्पनीका ८९ लाख ५५ हजार ५४५ कित्ता सेयर ४४ हजार ७४४ पटक खरिदबिक्री हुँदा ३ अर्ब ८९ करोड ८४ लाख १८ हजार ३८५ रुपैयाँ बराबरको कारोबार भएको छ।